भरतपुर/रोटरी इन्टरनेशनल ३२९२ को एकै दिन ५० हजार विरुवा रोप्ने लक्ष्य पुरा गर्ने उदेश्य अनुरुप रोटरी क्लव अफ भरतपुरको आयोजनामा शनिबार कालिका नगरपालिका ८ देवीटारमा बृक्षरोपण गरिएको छ । सो अवसरमा आधारभूत विद्यालय कालिका ८ देविटार, साउनेपानी कवुलियती बनमा आँप, लिचि लगायत विभिन्न जातका १ हजार विरुवा रोपिएको हो । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. कृष्ण सागर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर विनोद कोइराला प्रमुख अतिथि रहनु भएको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले सिमान्तकृत परिवारवाट देविटार क्षेत्रवाट एसईईमा उत्कृट अंक ल्याउने एक जना छात्रालाई निशुल्क उच्च शिक्षा पढाउने र आधारभूत विद्यालय देवीटारका विद्यार्थीहरुको लागि १ सय जोर जुत्ता सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नु भयो । क्लवका सचिव नविन भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा क्लवका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक बद्रीनाथ पोखरेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगा राना, साउनेपानी कवुलियति बनका अध्यक्ष लोक बहादुर मगर लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा रोटरी इन्टरनेशनल जोन ३४ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष धन बहादुर श्रेष्ठ, डिष्ट्रिक पव्लिक इमेज चियर अमित गिरी, डिष्ट्रि जोइन सेक्रेटरी डा. रेवन्त कुमार भट्टराई, कालिका ८ का वडाध्यक्ष चित्र बहादुर मगर, क्लवका पुर्व अध्यक्षहरु वसन्त रानाभाट, पुर्व अध्यक्ष एवं काउन्सिल चियर भोला जोशी, निवर्तमान अध्यक्ष विमल कुमार क्षेत्री, प्रस्तावित अध्यक्ष विनोदखण्ड तिमिल्सिना, प्रथम उपाध्यक्ष राम वस्नेत, द्धितीय उपाध्यक्ष डा. प्रदिप न्यौपाने, पव्लिक इमेज चियर मिनराज भण्डारी, सर्मिस प्रोजेक्ट चियर राजेन्द्र चापागाई, फेलोसिप चियर सुरज सेडाई, रोटरीयन विशाल चापागाई, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष शुशान्त रेग्मी, रोट्याक्ट क्लव अफ भरतपुर हाईटका अध्यक्ष अश्मि न्यौपाने, रोट्याक्ट क्लव अफ सिएमसीका अध्यक्ष अनमोल बजगाई लगायतका तिनवटै रोट्याक्ट क्लवका सदस्यहरुको सहभागिता रहेको थियो । यसैगरी रोटरी क्लव अफ भरतपुरको टिच स्कुलको रुपमा रहेको आधारभूत विद्यालय जखडीमाईमा रहेको रोटरी बगैचामा शनिवारै २५ वटा भन्दा धेरै फलफुलका विरुवाहरु रोपिएको छ ।


प्रतिकृया दिनुहोस्