Wednesday, November 4

रोचक

समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

अनुभव पाण्डेय सम्बन्धको गहिराइ अनुकूल समयमा गरिने प्रशंसाले होइन, प्रतिकूल परिस्थितिमा देखाइने व्यवहारले मापन गर्छ। समयले मानिस बदल्छ कि बदलिएको मानिसको वास्तविक चरित्र उजागर गर्छ भन्ने प्रश्न आजको सामाजिक सम्बन्धमा विचारणीय बनेको छ। मानवीय सम्बन्ध जीवनका सबैभन्दा सुन्दर पक्षमध्ये एक हो। परिवार, साथीभाइ, आफन्त तथा सामाजिक परिवेशसँग जोडिएका सम्बन्धले मानिसलाई आत्मीयता, सुरक्षा र सहअस्तित्वको अनुभूति […]

पूरा पढ्नुहोस्

मार्क्सवाद, साम्यवादी दर्शन र डिजिटल क्रान्ति : प्रविधि कसको हातमा, भविष्य कसको पक्षमा ?

भानु शर्मा मानव सभ्यताको विकास उत्पादनका साधन, श्रम र सामाजिक सम्बन्धमा भएका परिवर्तनसँग गहिरो रूपमा जोडिएको छ । कुनै समय जमिनमाथिको स्वामित्वले आर्थिक तथा राजनीतिक शक्ति निर्धारण गर्थ्यो । औद्योगिक क्रान्तिपछि कारखाना, मेसिन र पुँजी आर्थिक शक्तिका प्रमुख आधार बने । आज विश्व सूचना तथा सञ्चार प्रविधि (ICT), डिजिटल अर्थतन्त्र, बिग डेटा र कृत्रिम बुद्धिमत्ता (AI) को नयाँ […]

पूरा पढ्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

भरतपुर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मानपुर तनँहुले ऋषिङ गाँउपालिका ५, झिरुवासकी सदस्य चन्द्रकला गुरुङ विगत २०७४ सालदेखि यस संस्थामा आबद्ध भई कारोबार गर्दै आउनुभएकोमा हाल विनाधितो कर्जा कार्यक्रम अन्तर्गत निजले रु. ७ लाख कर्जा उपभोग गर्दै आउनुभएकोमा उहाँको श्रीमान जौ बहादुर गुरुङको निधन भए पछि संस्थाबाट प्रदान गरिने बीमा रकम सुविधा बापतको एकमुष्ट […]

पूरा पढ्नुहोस्

प्रभात दिदीवहिनी साकोसको सामाजिक परिक्ष्ण कार्यक्रम सम्पन्न

भरतपुर/आन्तरिक सुदृढीकरण, सदस्य शिक्षा, ऊद्यमशिलता बिकास, र डिजिटल कारोवार सम्बन्धि बिषयलाई प्राथमिकतामा राख्ने निष्कर्ष सहित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि को सामाजिक परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष साधना पोखरेलको अध्यक्षता एंव नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा सम्पन्न भयको छ । संस्थाले पहिलो पटक आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा सामाजिक परिक्षण […]

पूरा पढ्नुहोस्

नवज्योति आधारभूत विद्यालयमा सरसफाई

भरतपुर/नवज्योति आधारभूत विद्यालय शिक्षक अभिभावक संघको आयोजनामा मंगलबार विद्यालय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व वडादशैं र तिहार नजिकिएसंगै भरतपुर ४ वैद्धिकनगर स्थित नवज्योति आधारभूत विद्यालयमा सरसफाई एवं फुलका विरुवा रोपिएको हो । दशैंमा टोल छरछिमेक सरसफाई गर्ने गरिएको र विद्यालयमा पनि सरसफाईको आवश्यकता महसुस गरि उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका […]

पूरा पढ्नुहोस्

नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न

सन्तोष देवकोटा भरतपुर/नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा शनिबार नारायणगढ स्थित पर्व व्याङ्क्येटमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवं वागमती प्रदेश सभापति ऋषिराम पौडेले विशेष अतिथि रहनु भएको थियो । नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारीले संचालन […]

पूरा पढ्नुहोस्

हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

भानु शर्मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ मा नेपाल भ्रमणका क्रममा हिमनदीको तीव्र पग्लाइले हिमताल, नदी र पहाडी भूभागमा जोखिम बढाएको चेतावनी दिएका थिए । त्यो चेतावनीपछि भोटेकोशीका घटनाहरूले तयारी र सहकार्यको आवश्यकता झन् नजिकबाट देखाएका छन् । गुटेरेसको सन्देश अब नेपालको कूटनीतिक पहलको सफलता कति प्रभावशाली सुनियो भन्नेमा मात्र होइन, त्यसले साझा […]

पूरा पढ्नुहोस्

नेपाल फार्मेसी संघ चितवनको नयाँ कार्यसमिति चयन

भरतपुर/नेपाल फार्मेसी संघ, जिल्ला शाखा चितवनको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले ओमकार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा प्रभात पौडेल, सचिवमा जीवन पौडेल, कोषाध्यक्षमा रूपा गुरुङ, सदस्यहरुमा नवराज छत्कुली, सुनी पटेल, सोनु कर्ण, अर्जुन गैरे, संगित कुमार कुस्वाह निर्विरोध निर्वाचित हुनु भएको छ । फार्मेसी पेशाको हकहित, […]

पूरा पढ्नुहोस्

स्वस्थ जीवनका लागि पानी र योगको सम्बन्ध

डा. नरनाथ पाण्डे पानीको आवश्यकता र महत्व पानीजीवनहो किनकिपानीमानवलगायतपृथ्वीमा रहने हरेक जीवित प्राणी तथावनस्पतिकालागिअतिआवश्यक छ । पृथ्वीमाजीवनभएको मुख्यकारण नै अक्सिजन र पानीको उपलब्धताहुनु हो । मानव शरीरमा७०–८० प्रतिशतपानीविभिन्न प्रणाली र अङ्गहरूमा रहेको हुन्छ भने २०–३०प्रतिशतमात्र हाड,दाँततथाअन्यत्र रहेको हुन्छ । यदिहाम्रो शरीरमा २० प्रतिशतमात्रपानीको कमीभयो भने मानिस मर्नसक्छ । पानीबाट नै शरीरमापाचन, अवशोषण, निष्कासन, श्वासप्रश्वास, शारीरिक […]

पूरा पढ्नुहोस्

नेपाली महिलाहरूको लोकप्रिय पर्व तीज र पुरुषको सहभागिता

डा. नरनाथ पाण्डे पृष्ठभूमि जसले जे भनेपनि यदाकदाका घटना बाहेक सदैव ताजापन र खुशीयालीमै छ नेपाली समाज । नेपालमा त्यसै पनि आकर्षक प्राकृतिक छटाहरुले सौन्दर्य दिएको छ भने अर्कातिर यहाँ चार जात छत्तिस वर्णका मानिस बस्छन् र हरेकले फरक किसिमका सांस्कृतिक चालचलन मान्ने गर्छन् । त्यसैले नेपाली समाज रङ्गीचङ्गी फूलहरूको फूलबारी हो भन्ने गरिन्छ ।त्यसो […]

पूरा पढ्नुहोस्