डा. नरनाथ पाण्डे
पानीको आवश्यकता र महत्व
पानीजीवनहो किनकिपानीमानवलगायतपृथ्वीमा रहने हरेक जीवित प्राणी तथावनस्पतिकालागिअतिआवश्यक छ । पृथ्वीमाजीवनभएको मुख्यकारण नै अक्सिजन र पानीको उपलब्धताहुनु हो । मानव शरीरमा७०–८० प्रतिशतपानीविभिन्न प्रणाली र अङ्गहरूमा रहेको हुन्छ भने २०–३०प्रतिशतमात्र हाड,दाँततथाअन्यत्र रहेको हुन्छ । यदिहाम्रो शरीरमा २० प्रतिशतमात्रपानीको कमीभयो भने मानिस मर्नसक्छ । पानीबाट नै शरीरमापाचन, अवशोषण, निष्कासन, श्वासप्रश्वास, शारीरिक तथामानसिक परिचालन जस्ता क्रियाकलापहरू सम्पन्न हुन्छन् । यसैगरी शरीरमामौसम अनुसार तापक्रम नियन्त्रण राख्ने, अम्ल र क्षारको सन्तुलनमिलाउने, हानिकारक विषालु पदार्थको असर कम गराउने, छाला मांसपेशीतथाभित्रीअङ्गहरूलाई रसिलो बनाइराख्ने र क्रियाशील गराउने कामपनिगर्दछ । यसरी पानीहाम्रो शरीरकालागिनिकै आवश्यकतत्वको रुपमा प्रमाणित हुन्छ । सामान्यतया एउटा स्वस्थवयस्कमानिसकालागिखानकालागिदैनिक ३ देखि ५ लिटर पानीको आवश्यकता पर्दछ ।
पानीकतिबेला र कसरी पिउने ?
पानीपिउने भन्नाले शरीरको आवश्यकताभन्दा बढी जबर्जस्तीपिउने होइन, यसले कहिलेकाहीँपाचन प्रणालीमा असर पु¥याउँछ, रगतमानुनको मात्राकमी ल्याउँछ, वाकवाकलाग्ने तथा उल्टी हुने र पखाला समेत चल्न सक्छ । त्यसकारण पानीपिउँदा जबर्जस्तीनपिउने, शारीरिक श्रम, मौसम, उमेर जस्ता कुराहरूख्याल राख्दै मात्रानिर्धारण गरेर हरेक मौसममामनतातो पानीपिउनु पर्छ । किनकिचिसो पानीले प्यास मेटाए जस्तो भएतापनि पछि असर गर्छ र पाचनप्रणालीमैत्रीहुँदैन । पानीपिउने समय बिहानको समय सबैभन्दा राम्रो हुन्छ, किनकि यो समयमापानीपिउँदा पेट तथापिसाब सफाहुने, रातभर पानीको मात्राकमभएको अवस्थामा पूरा हुने र शरीरमा सक्रियताल्याउने गर्छ । यसलाई शास्त्रमा यस्तो भनिएको छ– “दिनान्ते तु पिवेत् दुग्धम्, निशान्ते तु पिवेत जलम् । भोजनान्ते पिवेत् तक्रम् किं वैद्यस्यप्रयोजनम् ?”
अर्थात् बेलुकादुधपिउनउत्तम समय हो भने बिहानपानीपिउनु उत्तमहो, यसैगरी खाना खाएपछि दही, महीवातक्रखानु राम्रो हो । यसो गरेमा वैद्य वा डाक्टरको आवश्यकता नै पर्दैन वाहामीनिरोगी हुन्छौं । यसैगरी खानाखानु ३० मिनेट अघि, खानाखाने बित्तिकैवा १ घण्टासम्म र खानाखाने बेलामा धेरै पानीपिउनु हुँदैन ।त्यतिबेलापिएको पानीले आमाशयमा रहेको पाचनरस पातलो बनाइदिने र खानाको पाचननहुने हुँदा पेटमा समस्या आउनसक्छ । तर थोरै थोरै पानीपिउनभने कुनै समस्याहुँदैन र साँझ सुत्नुभन्दाआधा घण्टा अघि अनिवार्य पानीपिएर सुतेमा रातभरकालागिशारीरिक समस्यार हृदयाघातको समस्या समेत हुँदैन ।
हामीले पानीपिउने चलनत्यति राम्रो छैन । बोतलवाअम्खोरामा राखेर ठाडो घाँटी बनाएर खडा भएरै आवाज सहितको घुटका दिएर निल्ने चलन स्वास्थ्यको लागि पटक्कै राम्रो हुँदैन । पानीपिउँदाजहिले पनि बसेर गिलासमा राखेर चियापिए जस्तै गरी बिस्तारै समय लगाएर पिउनु राम्रो हुन्छ वापानीलाई जुस चुसे जस्तै गरी चुस्तै पिउने गर्नु सबैभन्दा राम्रो हुन्छ ।यसलाई यसरी भन्ने गरिन्छ– “पानीलाई चपाऊ, खानालाई पिऊ” ।
योगको महत्व र आवश्यकता
अहिले हामीजो कोही योगबाट अनभिज्ञ छैनौं तर हामीले योग गर्दैनौं । यसको कारण हामीलाई दुःखगर्न मन लाग्दैन, ऐस आराममामात्र रमाउन चाहन्छौं, रातभर मोबाइलमा घोप्टिन मन लाग्छ, खानाखाँदाजिब्रोलाई मिठो लाग्ने, स्वादिलो, खट्टापिरो र चिल्लो पदार्थ अनि जंकफुड मनपर्छ, न समयमा खान्छौं, न समयमा उठ्छौं, न समयमा सुत्छौं, न फुर्सद छ, न काम छ, न दिमागफ्रेस छ, खालीतनाव, हिंसा, झुठ, अहंकार, रिस, ईष्र्यामामात्रजीवनबिताइरहेका छौं । जसकाकारण शरीरमाबोसो थुप्रिएर बंगुरको जस्तै शरीर बनेको छ, चलमलगर्न सकिँदैन, जताततै दुख्छ, निद्रा पर्दैन, अल्छी लाग्छ, मनमानकारात्मक कुरा मात्र खेल्छन्, केहीकामगर्न सकिँदैन, दुईचार पाइला हिँड्न पर्दैन सवारी साधन छँदैछन्, पारिवारिक जीवन सुमधुर छैन, छलफल, बोलचाल, अन्तरक्रियाप्रत्यक्षहुँदैनन्, कसैसँग सरोकार छैन, अस्तव्यस्त जीवनशैलीबनेको छ,हामीलाई अनेक रोगहरूले घेरा हालेका छन् र हामीऔषधीका सहारामा जेनतेन बाँचिरहेका छौं । बाथवाजोर्नीका रोग, दम, उच्च रक्तचाप, मधुमेह, थाइराइड, मोटोपन, क्यान्सर, हृदयाघात, ब्रेन स्ट्रोक, एन्जाइटी, डिप्रेसन, अनिद्रा, अम्लपित्तवा ग्यास्ट्राइटिस, अल्सर, तनाव, झगडा, मारपिट र आत्महत्या जस्ता समस्याहरू देखिएका छन् । यी सबै किन हुन्छन् र यसबाट छुटकारा पाउने उपाय के हो त भन्नेकुरा योगसँगप्रत्यक्षजोडिन्छ ।
योगभनेको जोड वामिलनहो । योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्रआत्माको रुपमा रुपान्तरण गर्दछ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमामानसिकतनावको अन्तहुनुका साथै शारीरिक र मांसपेशीयमजबुती समेत पैदा हुन्छ । अहिले योग भनेको शरीर बनाउने मात्रहोइनकि मन मस्तिष्क सफागर्ने माध्यम(योगश्चित्तवृत्तिनिरोधः),आध्यात्मिकचिन्तनगर्ने माध्यम, शान्तिकालागि अघि बढ्ने माध्यम र पूर्ण स्वस्थभई जीवनयापनगर्न सकिने महत्वपूर्ण माध्यम सावित भैसकेको छ ।
तर योगलाई धेरैले शारीरिक अभ्याससँग मात्रजोडेर हेर्ने गर्छन् जुनगलत सोचको परिणाम हो । भगवानशिव, ऋषिमुनिहरू, भगवान राम, कृष्ण, गौतम बुद्ध हुँदै ऋषिपतञ्जलिले योगसूत्रमा योगकालागिअष्टाङ्ग योग मार्गमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छ भनेका छन् । तर आजकाल योग भन्नाले दौडने, उफ्रने, स्याँ स्याँगर्ने, पसिनानिकाल्ने, आसनहरूगर्ने र शरीरलाई निचोर्ने पद्धति भनेर मात्रमानिएको छ जुन सरासर अल्पज्ञानका कारण र योगलाई हल्का देख्ने व्यक्तिकानजरबाट मात्र देखिएको साँघुरो दृष्टिकोण हो । समग्रमा योग भन्नाले अनुशासनमा बस्ने(अथः योगानुशासनम्), बस्न सिकाउने, आचरणयुक्त व्यवहार हो जसले पूर्ण स्वस्थताको बाटो देखाउँछ । यसमाव्यायाम, भोजन र तनावव्यवस्थापन जस्ता सबै कुरा पर्दछन् । त्यसकारण योगको बाटो अपनाउनकालागि सबैलाई सचेत गराउने प्रयास स्वरुपजुन २१ तारिखमाविश्व योगदिवस, डिसेम्बर २१ तारिखमाविश्वध्यानदिवस र नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस र असार २० गते प्राकृतिकचिकित्सादिवस जस्ता दिवसहरूमार्फत जनचेतनादिने कामभएको छ भने विभिन्न संघसंस्थाले निःशुल्क रुपमा योगकाकार्यक्रमहरूपनि सञ्चालनगर्ने गरेका छन् । त्यसकारण योगले सामाजिकएकता, आध्यात्मिकविकास, मानसिक कल्याण र शारीरिक स्वास्थ्यका क्षेत्रमाकामगर्दछ । नियमित योग गर्नाले माथिउल्लिखित सबै समस्याहरू समाधानहुनेहुँदाबच्चाअवस्थादेखि वृद्धअवस्थासम्मका सबैले योग गर्नु जरुरी देखिन्छ ।
योग र पानीको सम्बन्ध
नियमित योग गर्नु र नियमितआवश्यकपानीको सेवनगर्नु पूर्ण स्वस्थताकालागिदुवैको आवश्यकताअपरिहार्य छ । जसरी पानीबिनाजीवन सम्भवहुँदैन, ठिक त्यसैगरी अबको युगमा योगबिनाजीवन सार्थक हुँदैन भन्न सकिन्छ । त्यसकारण योग र पानीको सम्बन्लाई यसरी प्रष्ट्याउन सकिन्छ–
जसरी पानीले शरीरका सूक्ष्म कोषदेखि लिएर सम्पूर्ण शारीरिक क्रियाकलाप सञ्चालन गर्छ त्यसैगरी योगले पनि सम्पूर्ण शरीरकाकोष, तन्तु, अङ्गतथा प्रणालीहरू सञ्चालनगर्दछ । योग गर्नाले शरीरका सबै अङ्गक्रियाशीलभइ राम्रो कार्यसम्पादन हुन्छ र व्यक्तिको औसत आयु समेत बढ्न थाल्छ ।
जसरी पानीले शरीरमाजम्माभएर रहेकाविकार पदार्थ बाहिर फ्याँक्न मद्धत गर्दछ ठिक त्यसैगरी योगले पनि शरीर तथा मन मस्तिष्कमाजम्माभएकाविकार, अपवित्र, हानिकारक र प्रदूषितपदार्थ तथानकारात्मक सोचहरू फ्याँक्न सहयोग गर्छ ।
शरीरकालागिपर्याप्तपानीको सेवनगर्दा शरीरमाक्रियाशीलता बढे जस्तै योगकामार्गहरू अनुसरण गरेमाव्यक्तिको शारीरिक, सामाजिक, संवेगात्मकतथामानसिकक्रियाशीलतासमेत बढ्छ ।
पानीको अभावहुँदा जसरी शरीरमाविकृतिहरू देखापर्न थाल्छन् र रोेगहरू देखापर्छन्, ठिक त्यसैगरी योगमा संलग्ननहुँदावानियमित योग नगर्दा समेत मन, मस्तिष्क र शरीरमाविकृतिआई विभिन्न रोगहरू लाग्नसक्छन् जुनजीवनभर बोझको रुपमा रहन्छन् ।
जसरी पानीपिउँदानियमहरूको अनुसरण गरी पिएमा शरीर स्वस्थ हुन्छ, त्यसैगरी योग गर्दा समेत योगकानियमहरूपालनागर्दै प्रशिक्षकहरूबाट सिकेर मात्र योग गरेमाअधिकतमफाइदापाउन सकिन्छ ।
शरीरमापानीको मात्रा सन्तुलनभएको व्यक्तिको स्फूर्तताचुस्तभएजस्तै नियमित योग गर्ने व्यक्तिको शरीरमापनि परिवर्तन आइ स्फूर्तिलो र चुस्त शरीर बन्दछ ।
अन्तमा, माथिउल्लिखितविविध प्रसङ्गगहरूकाआधारमा के भन्न सकिन्छ भने मानवजीवनको अस्तित्वकालागिपानीको आवश्यकता जस्तै योग समेत अहिलेको युगमाअतिआवश्यकछ । पानीबिनाजीवन सम्भवनभएजस्तै अबको युगमानसर्ने रोगहरूको बिगबिगीबाट बच्न र अल्पायुमै जीवननगुमाइ दीर्घ जीवनजिउन योगबिना सम्भव छैन । जुनविभिन्नअध्ययन र अनुसन्धानले समेत पुष्टि गरेर विश्वव्यापी रुपमा योगको महत्वदर्शाउने कामभएको छ । अतः स्वस्थ र समुन्नत समाजकालागि स्वच्छ पानी र नियमित योग दुवैलाई जीवनमाअंगालौं, स्वस्थ र सुखीबनौं । अस्तु
(जीवनशैलीव्यवस्थापनमाविद्यावारिधि, प्राध्यापकतथा सेवानिवृत्त जनस्वास्थ्यनिरीक्षक)


प्रतिकृया दिनुहोस्