प्रदेश
भोटेकोशी बाढीपीडितको सहयोगार्थ सल्लेरी टोलमा रक्तदान कार्यक्रम, ३४ जनाले गरे रक्तदान
भरतपुर/भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विपद्बाट पीडित एवं घाइतेहरूको सहयोगार्थ शनिबार भरतपुर महानगरपालिका–११, सल्लेरी टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सल्लेरी टोल विकास संस्थाको आयोजनामा तथा सल्लेरी टोल आमा समूहको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीय टोलवासी तथा इच्छुक रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पतालद्धारा बाढी पीडितलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग
भरतपुर/नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवि नेत्र विज्ञान अध्यायन सस्थान भरतपुर आँखा अस्पताल परिवारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ । अस्पतालले बाढी पीडितलाई सहयोग स्वरुप नेपाल नेत्रज्योति संघ केन्द्रिय समिति मार्फत १५ लाख ५५ हजार ५ सय […]
पूरा पढ्नुहोस्
सुनचाँदी बचत तथा ऋण सहकारीको भ्रमण टोलीद्धारा चीनका विभिन्न क्षेत्रको अवलोकन
भरतपुर/व्यवसायिक ज्ञान, आधुनिक प्रविधि तथा सहकारी क्षेत्रका अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनको ४७ सदस्यीय टोली ७ दिने चीन भ्रमणमा छ । भ्रमण टोलीको नेतृत्व संस्थाका अध्यक्ष रुबिन रामुदामुले गर्नुभएको छ भने कार्यक्रमको संयोजन संस्थाका सचिव निलेनमान शाक्यले गर्नुभएको छ । भ्रमणको छैटौं दिन विहीबार चीनको ग्रेटवालमा भ्रमण टोली […]
पूरा पढ्नुहोस्
नेपालमै पहिलो पटक चितवनमा गणेश उत्सव हुँदै
भरतपुर/धार्मिक पर्यटनको संभावना बोकेको चितवनमा नेपालमै पहिले पटक गणेश चौथिको अवसरमा गणेश उत्सव २०८३ हुने भएको छ । गणेश उत्सव २०८३ मुल आयोजक समितिले शुक्रबार भरतपुर ११ स्थित गशेणधाम परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको बारेमा जानकारी दिएको हो । विशेष महत्वका साथ पहिलो पटक आयोजना गरिएको यस उत्सवलाई सफल बनाउन गणेशधाम संरक्षण समितिका संस्थापक […]
पूरा पढ्नुहोस्
चितवन रोटरीको आयोजनामा निशुल्क मुटु परिक्षण, बृक्षरोपण र स्टेशनरी वितरण कार्यक्रम सम्पन्न
भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा आइतबार बुलिङटार ४ बोझापोखरीमा तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न कार्यक्रम अन्तरगत बुलिङटार ४ स्थित श्री तीनकन्या आधारभूत विद्यालयमा अध्यायनरत ५५ जना विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो भने विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको थियो । सो विद्यालयमा ५५ जना विद्यार्थीमध्ये ५३ जना मगर र २ जना ब्राम्हण […]
पूरा पढ्नुहोस्
इजीखोज बिजनेश ग्रुपका व्यवसायीलाई सामाजिक सुरक्षा तथा श्रम अडिट सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सन्तोष देवकोटा भरतपुर/श्रम तथा रोजगार कार्यालय हेटौडा मकवानपुरको आयोजनामा बुधबार भरतपुरमा एक दिने सामाजिक सुरक्षा र श्रम अडिट सम्बन्धि रोजगारदाता माझ सचेतना कार्यक्रम सम्पन्न भएको छ । चितवनको एक स्थापित युवा उद्योगी व्यवसायीहरुको सस्था इजीखोज बिजनेश ग्रुपमा आवद्ध उद्योगी तथा व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोष र श्रम अडिटको विषयमा तालिम दिईएको हो । सामाजिक सुरक्षा शाखा […]
पूरा पढ्नुहोस्
राजदूत पेन्टस्को आयोजनामा पेन्टर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भरतपुर/पेन्टस् जगतमा स्थापित राजदूत पेन्टस्को आयोजनामा सोमबार भरतपुरमा पेन्टर भेटघाट तथा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । पेन्टस् जगतको मुख्य खम्वाको रुपमा परिचित पेन्टरहरुलाई पेन्टस्को वारेमा जानकरी दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । पेन्टरलाई पेन्टस्को गुणस्तर, ग्यारेन्टी, स्किम लगायतका विषयमा जानकारी गराएर उनिहरुलाई दक्ष बनाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको छ । राजदूत पेन्टस्का […]
पूरा पढ्नुहोस्
२५ लाख रुपैयाँ धरौटी प्रस्तावप्रति एकेडेमिक कन्सल्टेन्सी एलाइन्स अफ नेपालको आपत्ति
भरतपुर/एकेडेमिक कन्सल्टेन्सी एलाइन्स अफ नेपालले शैक्षिक परामर्श व्यवसायीहरूमाथि विभेदकारी नीति थोपरिन खोजिएको र २५ लाख रुपैयाँ धरौटी प्रस्तावप्रति आपत्ति प्रकट गरेको छ । नेपाल सरकारले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधानसहितको नीति प्रस्ताव तयार गरिरहेको भन्ने समाचारहरू सार्वजनिक भएको वताउँदै एलाइन्सले उक्त विषय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पतालको समिक्षा कार्यक्रम सम्पन्न
भरतपुर/नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पतालले आफ्नो वार्षिक कार्यक्रमको विषयमा शनिबार भरतपुर २ क्षेत्रपुर स्थित दियालो फुडल्याण्डमा समिक्षा गरेको छ । अस्पतालले सेवा फाण्डेसनको आर्थिक सहयोगमा आ.व. २०८२/०८३ मा संचालन गरेको बाह्य कार्यक्रम तथा अस्पतालवाट प्रदान गरिएको आँखा उपचार सेवाको डिष्ट्रिक प्रोजेक्ट एड्भाइजरी कमिटिको समिक्षा बैठक कार्यक्रमको विषयमा समिक्षा गरेको हो । भरतपुर […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पताल आइतबार पनि खुल्ला
भरतपुर/सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा घोषणा गरेपनि नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पताल आइतबार खुल्ला रहँदै आएको छ । सेवाग्राहिको आवश्यकता र भावनालाई मध्यनजर गरि सार्वजनिक विदाको दिन (आइतबार) पनि भरतपुर आँखा अस्पताल खुल्ला गरि सेवा प्रदान गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवन शाखाका सभापति एवं भरतपुर आँखा अस्पताल […]
पूरा पढ्नुहोस्
