भरतपुर/आन्तरिक सुदृढीकरण, सदस्य शिक्षा, ऊद्यमशिलता बिकास, र डिजिटल कारोवार सम्बन्धि बिषयलाई प्राथमिकतामा राख्ने निष्कर्ष सहित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि को सामाजिक परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष साधना पोखरेलको अध्यक्षता एंव नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा सम्पन्न भयको छ । संस्थाले पहिलो पटक आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा सामाजिक परिक्षण कार्यदलका संयोजक सहकारी बिज्ञ सन्जयराज तिमिल्सिनाबाट संस्थाको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाले सहकारीको मूल्य मान्यता सिद्धान्त अनुरुप बर्ष भरि संचालन गरेका गतिबिधि, सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, पारदर्शीता तथा कार्यक्रमले समुदायमा पारेको प्रभाव, सदस्य सहभागिता कार्यक्रमको प्रभाव लगायतका बिषयलाई विभिन्न सुंचाकको आधारमा परिक्षण सम्पन्न गरिएको थियो । सामाजिक परिक्षणको क्रममा प्राप्त उपलब्धि, देखिएका कमिकमजोरी तथा आगामी दिनमा गर्नु पर्ने सुधारका बिषयमा सदस्य तथा सरोकारवाला बिच प्रत्यक्ष छलफल गरिएको थियो ।
सदस्यहरुको प्रत्यक्ष सहभागीता र सुझाव सहितको छलफलबाट निकालिएको निष्कर्ष लाई आधार बनाई संस्थाले आगामी दिनमा नीति तथा कार्ययोजना तयार गर्नेछ । कार्यक्रममा संस्थापक अध्यक्ष बिद्या भट्टराई, निबर्तमान अध्यक्ष बिमला न्यौपाने, चितवन जिल्ला बचत संघका उपाध्यक्ष ईश्वरी शर्मा, संचालक समितिका पदाधिकारी, उपसमिति, सल्लाहकार, सामाजिक परिक्षण कार्यदलका सदस्य, शेयर सदस्य र अन्य सरोकारवाला व्यक्ति हरुको उपस्थिति रहेको उक्त कार्यक्रम सचिव मन्जु रेग्मीले संचालन गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्