भरतपुर/नवज्योति आधारभूत विद्यालय शिक्षक अभिभावक संघको आयोजनामा मंगलबार विद्यालय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व वडादशैं र तिहार नजिकिएसंगै भरतपुर ४ वैद्धिकनगर स्थित नवज्योति आधारभूत विद्यालयमा सरसफाई एवं फुलका विरुवा रोपिएको हो ।
दशैंमा टोल छरछिमेक सरसफाई गर्ने गरिएको र विद्यालयमा पनि सरसफाईको आवश्यकता महसुस गरि उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नविन चन्द्र ओझाले जानकारी दिनु भयो ।
अध्यक्ष ओझाको नेतृत्वमा भएको कार्यक्रममा संघका सदस्यहरु सन्तोष देवकोटा, अनिल कोईराला, पशुपति भण्डारी, सनम मगर, अनिता वर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य सुशिला कोइराला, प्रधानाध्यापक कुष्मा कुमारी पन्त, शिक्षक प्रतिनिधि सानुमायाँ कमर, अभिभावक मुक्ति घिमिरे, विद्यालयका शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्