सन्तोष देवकोटा
भरतपुर/रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड हाकिमचोक शाखाको आयोजनामा वार्षिक एजेन्सी तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सका हाकिमचोक शाखा प्रमुख राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्स्योरेन्सका केन्द्रीय कार्यालय तालिम विभागका सुरेन्द्र थापाको प्रमुख अतिथि र चितवन रिजनका रिजनल हेड राजेन्द्र पौडेल विशिष्ट आतिथि रहनु भएको थियो ।
कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्ट बीमा व्यवसाय गर्ने ८५ जना अभिकर्तालाई सम्मान गरिएको थियो । व्यक्तिगत अभिकर्ता कोड व्यवसायतर्फ सम्झना नेपाल श्रेष्ठ, तारा तामाङ अधिकारी र शोभा भट्टराई सम्मानित हुनु भएको छ भने समूह व्यवसायअन्तर्गत उत्कृष्ट कार्य गर्ने मनोज चौलागाईं, विष्णुकुमारी कुँवर र गंगाकुमारी कार्कीलाई सम्मान गरिएको छ ।
उत्कृष्ट व्यवसाय गर्ने करोडपति एजेन्सी म्यानेजरहरू तारा कुमाल, समिता दराई, सावित्री सत्याल, राजेन्द्रकुमार दराई, तारा तामाङ अधिकारी र सम्झना नेपाल श्रेष्ठलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो । हाकिमचोक शाखाका मार्केटिङ प्रमुख रामशरण लोहनीले सञ्चालन तथा सहजीकरण गर्नु भएको कार्यक्रममा विभिन्न तहका एजेन्सी म्यानेजर, एमडिआरटी सदस्य, स्टार क्लब सदस्य तथा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्