भरतपुर/नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाको ४३ औं साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बत्ताहरुले समयमै उपचार पाए क्षयरोग पुर्ण रुपमा निको हुने भन्दै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका कार्यवहाक सभापति कुश्मा कुमारी पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री उत्तम जोशी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले रोग लागेर उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिने तर्फ ध्यान दिनुपर्ने वताउनु भयो । त्यसको लागि जनचेतनामुलक कार्यक्रमहरु आवश्यक रहेको वताउँदै प्रमुख अतिथि जोशीले क्षयरोग नियन्त्रणको लागि तिनै तहका सरकारको सहयोग आवश्यक रहेको वताउनु भयो ।
संस्थाका सचिव शैलजा पौडेल घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रिय सहकोषाध्यक्ष दामोदार न्यौपाने, संस्थाका पुर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार ऋषिराज पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा लोकतन्त्र सन्देश दैनिकका कार्यकारी सम्पादक सन्तोष देवकोटालाई सम्मान गरिएको थियो भने आजिवन सदस्यका छोराछोरीलाई प्रदान गरिने जय दुर्गा किरण पुरस्कारवाट आजिवन सदस्य दिपक रेग्मीका छोरा बिसज रेग्मी र अन्जनी मिलन छात्रबृत्ति पुरस्कार स्वस्तीका वि.क.लाई प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव शैलजा पौडेल घिमिरेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विमल कालाखेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सस्थाका कार्यसमिति सदस्य बद्रीनाथ पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका पुर्व अध्यक्ष लिलाराज खरेल, नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका कोषाध्यक्ष विजयराज खनाल, नेपाल नेत्रज्योति संघका सल्लाहकार बामदेव खनाल, जिल्ला स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दवाडी लगायत सस्थाका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, पुर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सस्थाका आजिवन तथा यसस्कर सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्