भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको सस्था इजी खोज विजनेस ग्रुप अन्तरगतको सगरमाथा ग्रुपको साप्ताहिक वैठक शनिबार भरतपुर चौविसकोठी स्थित होटल शुभम् एण्ड हस्पिटालिटिमा सम्पन्न भएको छ । सदावहार युपिभिसीका प्रवन्ध संचालक एवं सगरमाथा ग्रुपका अध्यक्ष हरिराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इजी खोज विजनेस ग्रुप चितवन जिल्लाका सस्थापक अध्यक्ष एवं रेसुंगा ज्वेलर्सका संचालक रविन्द्र पन्थि, वर्तमान अध्यक्ष केडि इन्डष्ट्रिजका संचालक तिलक बानियाँ, सगरमाथा ग्रुपका पुर्व अध्यक्षहरु ग्राफिक मार्गका संचालक जनक खड्का, होटल सुभम् एण्ड हस्पिटालिटिका संचालक पुजन कोइराला लगायतको सहभागिता रहेको थियो ।
सगरमाथा ग्रुपका सचिव एवं लक्जरी लाइट्र्सका संचालक कमल कुँवरले संचालन गर्नु भएको उक्त कार्यक्रममा सगरमाथा ग्रुपका सदस्य एवं सवि एजुकेशनका संचालक विशाल भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सगरमाथा ग्रुपका उपाध्यक्ष एवं इन्द्रेणी डिजाईन एवं इन्जिनियरिङ प्रालीका संचालक रुपक अधिकारीले आफ्नो व्यवसायको वारेमा प्रस्तुतिकरण सहित जानकारी गराउनु भएको थियो भने सगरमाथा ग्रुपका सहसचिव एवं श्रीकृष्ण मोटर ड्राइभिङ सेन्टरका संचालक कृष्ण श्रेष्ठको जन्मउत्सव मनाईएको थियो ।


प्रतिकृया दिनुहोस्