२३ कार्तिक २०८३, आईतवार ०८:३८
रत्ननगर/आगामी स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको उपप्रमुख पदमा नारायणी थापालियाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । हाम्रो एकता, हाम्रो साथ–नारायणी थापालियाको विजयको आधार ! भन्ने नाराको साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वाट आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको हो ।
आगामी स्थानीय तहको निर्वाचनमा आफुलाई रत्ननगर नगरपालिकाको उपप्रमुख पदमा विजयी गराउन सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूमा थपलियाले अनुरोध गर्नु भएको छ ।
रत्ननगरको समृद्धि, विकास, सुशासन र जनताको सुखदुःखमा साथ दिने नेतृत्वका लागि सबै एकजुट हुन आवश्यक रहेको वताउँदै उम्मेद्वार थपलियाले सक्षम, इमानदार, जिम्मेवार र जनताको भावना बुझ्ने नेतृत्वलाई साथ दिन आग्रह गर्नु भयो ।


प्रतिकृया दिनुहोस्