भरतपुर/बालकुमारी कलेज, नारायणगढको आयोजनामा MBA in Financial Management (MBA–FM) १२ औँ ब्याचको अभिमुखीकरण तथा मेन्टरसिप कार्यक्रम भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष सुभाष प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे प्रमुख अतिथि तथा पूर्व डीन प्रा. डा. डिल्ली राज शर्मा र बालकुमारी कलेजका प्रिन्सिपल कुलचन्द्र पण्डित विशिष्ट अतिथि रहनु भएको थियो । विशिष्ट अतिथि एवं प्रमुख अतिथिले MBA–FM कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शैक्षिक संस्थालाई समाजसंग जोड्ने र विश्वविद्यालय शिक्षालाई रोजगारमुखी बनाउने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा पूर्व प्रिन्सिपल एवं संचालक समिति सदस्य प्रा. शिवप्रसाद पौडेल र पुर्व प्रिन्सिपल चुननारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सहायक प्रिन्सिपल डा. सुशील घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहयाक प्रिन्सिपल तथा MBA–FM कार्यक्रम निर्देशक शिवप्रसाद सापकोटाले गर्नुभएको थियो । उहाँले MBA–FM कार्यक्रमको शैक्षिक संरचना र विशेषताबारे जानकारी समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व प्रिन्सिपल चुननारायण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने प्रिन्सिपल पण्डितले व्यवस्थापन शिक्षाको महत्व, वित्तीय क्षेत्रका अवसर, व्यावसायिक दक्षता, अनुसन्धान र नेतृत्व विकासमा जोड दिँदै विद्यार्थीहरूलाई सफल शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउँदै अध्ययनप्रति उत्साह र प्रेरणा प्रदान गरेको छ ।


प्रतिकृया दिनुहोस्