भरतपुर/नारायणगढ स्थित बालकुमारी कलेजमा मंगलबार पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२५ (मंसिर २५ देखि पुस २) को अवसरमा विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धि जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बालकुमारी कलेजका प्राध्यापक एवं सनि सेक्युरिटीज कम्पनी लि. ब्रोकर नं ४२ का सिनियर प्रबन्धक उज्वल पौडेलले जानकारी दिनु भयो ।
धितोपत्र बोर्डको आयोजना तथा सनि सेक्युरिटीज कम्पनी लि. र बालकुमारी कलेजको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा धितोपत्र बोर्डका सहायक निर्देशक पुजा खनाल, विपिन ओझा, निशा थापाले विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । दुई चरणमा संचालन भएको उक्त कार्यक्रममा बालकुमारी कलेजमा अध्ययनरत एमविए, एमविएस, विविए र विआइटिएमका कुल १८५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्