सन्तोष देवकोटा
भरतपुर/नवलपुर स्थित देवचुली उद्योग वाणिज्य संघमा बुधबार पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो भने देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा देवचुली उवासंघका वरिष्ठ उपाध्यक्ष विनोद सिलवाल, सचिव जनक आचार्य, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक विपिन ओझा, निशा थापा, सनि सेक्युरिटीज कम्पनी लि. ब्रोकर नं ४२ का सिनियर प्रबन्धक उज्वल पौडेल अतिथि रहनु भएको कार्यक्रम केशव अधिकारीले संचालन गर्नु भएको थियो । कार्यक्रममा उद्योगी व्यवसायी, विद्यार्थी लगायत ८३ जनाको सहभागिता रहेको थियो । विश्व लगानीकर्ता सप्ताह २०२५ (मंसिर २५ देखि पुस २) को अवसरमा शेयर बजार सम्बन्धि जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सनि सेक्युरिटीज कम्पनी लि. ब्रोकर नं ४२ का सिनियर प्रबन्धक पौडेलले जानकारी दिनु भयो ।
जानकारी राखौं सुरक्षित रहौं भन्ने नाराका साथ मनाईएको विश्व लगानिकर्ता सप्ताह अन्तरगतको यस कार्यक्रम ग्रामिण परिवेशबाट भर्खर भर्खर ब्यबसायिक बजार तर्फ उन्मुख देवचुली नगर पालिका भित्र निस्कृय रहेका तथा कम प्रतिफल दिइरहेका पुँजीलाई धितो पत्रमा लगानी गरि उचित प्रतिफलदायक लगानीको अवसरको उजागर गर्न एउटा कोशे ढुंगा बन्ने विश्वास गरिएको छ ।


प्रतिकृया दिनुहोस्