भरतपुर÷नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखाको २८ औं वार्षिक साधारणसभा मंगलबार उपशाखा प्राङ्गढ धर्मचोकमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखाका सभापति बद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।
सचिव देवेन्द्र पौडेलले संचालन गर्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि प्रसाद पौडेल, उपसभापति रत्न प्रसाद सापकोटा, जिल्ला सदस्य आश बहादुर गुरुङ, लक्ष्मि माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पौडेल, प्रधानाध्यापक सुर्य कुमार बराल, शिक्षाविद् डा. केशवभक्त सापकोटा, उपशाखाका संस्थापक सचिव सुर्य प्रसाद श्रेष्ठ, सल्लाहकार संयोजक प्रेम कुमार गैरे लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट सदस्य बन्नु भएका समाजसेवी शिद्ध कुमार श्रेष्ठ, निवर्तमान सभापति सोमनाथ खरेल, कार्यसमिति सदस्य घनश्याम पाठकलाई सम्मान गरिएको थियो । सोहि अवसरमा १० जनाले आजिवन सदस्यता लिनु भएको थियो । उपशाखाका उपसभापति सरिता सापकोटा अधिकारीले स्वागत मन्तव्इ व्यक्त गर्नु भएको कार्यक्रममा कार्यसमिति सदस्य विष्णुभक्त न्यौपानेले रेडक्रसको सात सिद्धान्त पाठ गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्