१६ पुष २०८२, बुधबार ०९:४०
भरतपुर/नारायणी नमुना माध्यमिक विद्यालयको आयोजनामा मंगलबार विज्ञान कार्य आधारित प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्लामा नै फरक तरिकाले आयोजना गरिएको कार्यक्रमको डिजाइन प्रतियोगी र दर्शकहरुले उत्सुकतापुर्वक अवलोकन गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान वाल्मीकि शिक्षा सदन, दोस्रो स्थान भीमनगर माध्यमिक विद्यालय तथा तेस्रो स्थान शहीद स्मृति माध्यमिक विद्यालयले हासिल गर्न सफल भएको छ । निर्धारित समयावधिभित्र विवेक, ज्ञान र सीपको उच्चतम प्रयोग गरी कार्य सम्पन्न गर्नु पर्ने यस प्रतियोगिताले विद्यार्थीहरूमा वैज्ञानिक सोच, टोली भावना र समस्या समाधान क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याएको नारायणी नमुना माध्यमिक विद्यालका प्रधानाध्यापक रामशरण दवाडीले जानकारी दिनु भयो ।


प्रतिकृया दिनुहोस्