भरतपुर/नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको पश्चिम चितवन इकाइ नं ४ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती विकको विशिष्ट आतिथ्यतामा इकाइको साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संघका अध्यक्ष विश्वकर्माले जिल्ला संघ चितवनभरका सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले सबैको सुखदुःखमा साथमा रहने बताए । इकाइ संयोजक मेघ (आकाश) विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इलाका प्रहरी चौकी चनौलीका प्रहरी निरिक्षक कल्पना सापकोटाको बिशेष उपस्थिति र ईकाई ४ का सल्लाहकार दीपक विश्वकर्माको अतिथीमा र सम्पूर्ण ईकाई ४ का व्यवसायीको उपस्थिति रहेको थियो । साधारण सभाले इकाइको ४ वर्तमान तदर्थ समितिलाई पूर्ण समितिमा रुपान्तरण गरेको थियो ।


प्रतिकृया दिनुहोस्