२७ पुष २०८२, आईतवार २०:३७
भरतपुर/वाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलले देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन गर्नु भएको छ । मन्त्री पौडेलले देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धारा निर्माण हुन लागेको अष्ट धातुको ३० फिट अग्लो शंकर भगवानको प्रतिमा र निर्माणस्थलको अवलोकन तथा अनुगमन गर्नु भएको हो ।
सो अवसरमा बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारवाट प्रतिष्ठानलाई सक्दो आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार संयोजक टंक नाथ पौडेल, देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सस्थापक अध्यक्ष राजेन्द्र कुमार पिया, अध्यक्ष ढुंण्डीराज सिलवाल, वरिष्ठ उपाध्यक्ष गितानाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्