भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउद्देशीय सहकारी संस्था लि.को आयोजनामा सोमबार सहकारीको कार्यालयमा होलिमिलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एक आपसमा रंग लगाएर होली मनाइएको थियो ।
सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सहकारीका प्रवन्धक नारायण प्रसाद सापकोटाले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चुकेले सस्कृति र परम्पराको संरक्षण गर्ने उदेश्यले सहकारीले हरेक वर्ष होली पर्व मनाउँदै आएको वताउँदै यस पटक चुनावको माहोल र स्थानीय प्रशासनको आग्रहलाई ध्यानमा राखेर सहकारीको कार्यालय भित्रै सामान्य रुपमा होली मनाइएको जानकारी दिनु भयो । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्द प्रसाद पौडेल, सचिव शारदा शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संचालक समिति सदस्य देशवन्दु अधिकारी, अनिता मैनाली, ध्रुव कुमार ओझा, सुर्य बराल, लेखा समिति सदस्यहरु कृष्णहरी तिमल्सेना, हरि लामिछाने, उपसमितिका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । बहुउद्देश्यीय कार्यक्रम अन्तरगत सहकारीले भरतपुर २८ जीतपुरमा संचालन गरेको कृषि व्यवसाय अन्तरगतका विभिन्न तरकारीवालीहरु तयारीको अवस्थामा रहेको जानकारी गराईएको थियो ।


प्रतिकृया दिनुहोस्