भरतपुर/ब्लड डोनर्स सोसाईटी नेपाल भरतपुर महानगर कमिटीको साधारण सभा तथा रक्तदान कार्यक्रममा शनिबार भरतपुरमा सम्पन्न भएको छ । महानगर कमिटी अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्लड डोनर्स सोसाईटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।
अर्किड कलेज सहआयोजक रहेको उक्त कार्यक्रममा चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी विशेष अतिथि रहनु भएको थियो भने कार्यक्रम संयोजक महानगर कमिटी उपाध्यक्ष अनमोल सापकोटा रहनु भएको थियो । सचिव घनश्याम ढकालले संचालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष सुमन खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रत्येक वड़ा, कलेज, विद्यलाय र टोलटोलमा गई जनतालाई रक्तदान सम्बन्धी उत्प्रेरणा कार्यक्रम गरिने आगामी कार्ययोजना पारीत गरीएको महानगर कमिटी सदस्य तथा रक्तदान अभियान्ता ईश्वरी भट्टले जानकारी दिनुभयो । रगत अभावमा कोहीकसैले अकालमै मृत्यु भोग्न नपरोस् भन्ने उद्देश्यका साथ अघि बढ़ेको संस्था ब्लड डोनर्स सोसाईटी नेपाल भरतपुर महानगर कमिटीले सबैलाई रक्तादान जस्तो महान कार्यमा जोडिन सबै सबैलाई अनुरोध समेत गरेको छ ।


प्रतिकृया दिनुहोस्