सन्तोष देवकोटा
भरतपुर/निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको २८ औं साधारणसभा तथा १८ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्षहरु, वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघका संरक्षक, आजिवन सदस्य, विशिष्ट सदस्य, साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।
अधिवेसनले २०८२/०८४ कार्यकालको लागि अर्जुन लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा तोयानाथ घिमिरे, प्रथम उपाध्यक्षमा शालिक दवाडी, द्धितीय उपाध्यक्षमा विश्वबन्धु पौडेल, तृत्तीय उपाध्यक्षमा बाबुराज श्रेष्ठ, महासचिवमा सुनिल आचार्य, सचिवमा मनोज खनाल, कोषाध्यक्षमा अस्मिता तिमिल्सिना रिजाल, सहकोषाध्यक्षमा हरि प्रसाद अधिकारी, सदस्यहरुमा रोशन आचार्य, प्रजित अर्याल, मनिष रौनियार, प्रमोद आचार्य, राम प्रसाद घिमिरे, दिपक न्यूरे, लक्ष्मण सापकोटा, सुरेश सुवेदी, ईश्वर अगस्ती चयन हुनु भएको छ ।


प्रतिकृया दिनुहोस्