सन्तोष देवकोटा
भरतपुर/नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको शनिबार सम्पन्न ८ औं अधिवेशन तथा १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष खिल प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वन पैदावार महासंघका केन्द्रिय अध्यक्ष दिनेशराज रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा द्धितीय उपाध्यक्ष प्रकाश रायमाझि, डिभिजन बन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्य रहनु भएको थियो । कार्यक्रम संघका सचिव हेमन्त पराजुलीले संचालन गर्नु भएको थियो । अधिवेसनवाट अध्यक्षमा खिल प्रसाद घिमिरे, प्रथम उपाध्यक्षमा लिला बहादुर क्षेत्री, द्धितीय उपाध्यक्षमा राजु केसी, सचिवमा हेमन्त पराजुली, कोषाध्यक्षमा रश्मी वस्याल, सहसचिवमा राम नेपाली, सदस्यहरुमा राम बहादुर कार्की, कृष्ण बहादुर मगर, मधुसुदन अधिकारी, दिपक सुनार, चतुर्भुज कँडेल, बालकृष्ण आले मगर, कृष्ण प्रसाद पौडेल, लेखा समिति संयोजकमा रविन्द्र आचार्य, लेखा समिति सदस्यहरुमा इश्वर प्रसाद शर्मा र लेखनाथ न्यौपाने निर्वाचित हुनु भएको छ ।


प्रतिकृया दिनुहोस्