२९ चैत्र २०८२, आईतवार २१:२५
भरतपुर/नवज्योति आधारभूत विद्यालय भरतपुर ४ चितवनको नयाँ ब्यबस्थापन समिती गठन भएको छ । आइतबार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । विद्याल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शालिकराम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ४ का वडाध्यक्ष अर्पण पोखरेल प्रमुख अतिथि रहनु भएको थियो भने भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत शिव प्रसाद ढुंगाना विशेष अतिथि रहनु भएको थियो ।
नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नारायण प्रसाद कडेल, पदेन सदस्यमा अर्पण पोखरेल, सदस्यहरुमा चन्द्रा आचार्य, सुशिला कोइराला, सबिना भट्टराई, इश्वरी सुवेदी, झपिन्द्र घिमिरे, शिक्षक प्रतिनिधि गिता पौडेल, सदस्य सचिव प्रधानाध्यापक कुष्मा कुमारी पन्त चयन हुनु भएको छ ।


प्रतिकृया दिनुहोस्