सन्तोष देवकोटा
भरतपुर/जिल्ला सहकारी सघ लि. चितवनको आयोजनामा “सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश–२०८१ र बचत तथा ऋणको कारोबार गर्ने सहकारी सस्थाका लागी नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड बिषयक जिल्ला सहकारी सघहरुको साझा धारणा सम्बन्धि दुईदिने बागमति प्रदेश स्तरीय कार्याशालागोष्ठी शुक्रबारवाट भरतपुरमा सुरु भएको छ । जिल्ला सहकारी सघ लि. चितवनका अध्यक्ष भक्तिराम अधिकारीको अध्यक्षता एवम् राष्ट्रीय सहकारी महासघकी अध्यक्ष ओम देवी मल्लको प्रमूख आतिथ्यतामा पहिलो दिनको सत्र सम्पन्न भएको छ ।
गोष्ठिमा चितवन जिल्लाबाट सघ र प्रदेश तहका सहकारी महासघ र सघहरुमा प्रतिनिधित्व गर्नुहुने सहकारी अभियन्ताहरु, बागमती प्रदेश अन्तर्गतका जिल्ला सहकारी सघका अध्यक्ष एवम् प्रतिनिधिहरु, चितवन जिल्ला अन्तर्गतका बिभिन्न बिषयगत सहकारी सघका अध्यक्ष एवम् प्रतिनिधिहरु, जिल्ला सहकारी सघ लि चितवनमा आवद्ध प्रारम्भिक सहकारी सस्थाहरुका अध्यक्ष एवम् प्रतिनिधिहरु, जिल्ला सहकारी संघ चितवनका सन्चालक समितिका पदाधिकारी एवम सदस्यहरु, लेखा सुपरिबेक्षण समितिका सयोजक एवम सदस्यहरु, सल्लाहकारहरु, बिभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।
गोष्ठिमा श्रोत ब्यक्ति सहकारी बिज्ञ केशब पोख्रेलले “सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश–२०८१ र बचत तथा ऋणको कारोबार गर्ने सहकारी सस्थाका लागि नेपाल राष्ट्र बैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्डका सम्बन्धमा प्रस्तुतीकरण सहित जानकारी गराउनु भएको थियो भने सहभागीहरुले सो सम्बन्धमा सहकारीमा परेको असर र सामाधानका सम्बन्धमा आआफ्नो धारणा राख्नु भएको थियो । माघ १२ गते दोश्रो दिन सहभागीहरुबाट आएका सल्लाह र सुझावहरु र बागमती प्रदेश अन्तर्गतका जिल्ला सहकारी सघका अध्यक्षहरुको राय सल्लाह र सुझाव सहित साझा धारणा तयार गरी राष्ट्रिय सहकारी महासघ मार्फत सम्बन्धित निकायमा पेशगर्न सहकारी क्षेत्रका बिज्ञ अभियन्ताहरु तेजेन्द्र बहादुर खड्का, भरत दवाडी र हरिश्चन्द्र सुबेदीलाई जिम्मेवारी दिईएको छ ।
शनिबारको थप छलफल पश्चात साझा धारणालाई अन्तिम रुप सहित जारी गर्दै दुई दिने गोष्ठी समापन हुने जिल्ला सहकारी संघ लि. चितवनका व्यवस्थापक विनोद खतिवडाले जानकारी दिनु भयो । गोष्ठीको समुद्घाटन सत्रमा सहभागी सम्पूर्णलाई जिल्ला सहकारी सघ चितवनका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडीले स्वागत गर्नुभएको थियो भने अन्तमा उपाध्यक्ष तुलसी प्रसाद सुबेदीले आयोजक सघको तर्फबाट सम्पूर्णमा धन्यबाद सहितको मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सघका सचिव शरदकुमार बर्तौलाले संचालन गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस्