सन्तोष देवकोटा
भरतपुर/नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको आयोजना तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौंको सहयोगमा भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा विद्यालयका कक्षा १०, ११ र १२ का करिब २०० जना विद्यार्थीहरूलाई सहभागी बनाई मुखको क्यान्सर तथा क्यान्सर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाका सभापति गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राचार्य ईश्वरी प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका विभिन्न विभागका विभागीय प्रमुख, शिक्षक शिक्षिकाहरू तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका डेन्टल सर्जन डा. अश्मि पौडेल तथा रजिस्टर डेन्टल हाइजेनिस्ट उन्नति गुरुङको समेत आतित्थ्यता रहेको थियो ।
नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाकी सचिव शारदा शर्मा पौडेलले सहभागीहरूलाई क्यान्सर रोग र त्यसका कारक तत्वहरू र समाधानका विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो भने कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका डेन्टल सर्जन डा .अश्मी पौडेलले मुखको क्यान्सर त्यसको निवारण साथसाथै दन्त सरसफाईका क्षेत्रमा केन्द्रित रहेर प्रोजेक्टर मार्फत प्रशिक्षण गराउनु भएको थियो । सचिव शारदा शर्मा पौडेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापकले क्यान्सर रोग, मुखको क्यान्सर र मुख स्वास्थ्य तथा दन्त सरसफाईको क्षेत्रमा विद्यार्थीहरूलाई निकै महत्त्वपूर्ण ज्ञानवर्धक कार्यक्रम सञ्चालन गरेर प्रशिक्षित गराउनु भएकोमा आयोजक संस्था तथा कान्तिपुर डेन्टल कलेजलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट कार्यसमिति सदस्य शालिग्राम पौडेललगायतको उपस्थिति र सहयोग रहेको थियो ।


प्रतिकृया दिनुहोस्