सन्तोष देवकोटा
भरतपुर/आधारभूत बिद्यालय ब्रम्हपुरले बिद्यालयकाको ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । श्री आधारभूत बिद्यालय ब्रम्हपुरका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर १६ का कार्यबाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने भरतपुर महानगपालिकाका पुर्व नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल विशेष अतिथी रहनु भएको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक सन्दीप सुवेदीद्वारा बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । बिद्यालयका पुर्व प्रधानाध्यापक भरत बहादुर धितालले आफ्नो बुबा स्व. बल बहादुर धिताल र स्व. लुल कुमारी धितालको स्मृतिमा ५१ हजार १ सय ११ रुपेयाँ राशिको अक्षय कोष स्थापना गर्नुभएको थियो ।
जन्मोत्सव कोषमा र बिद्यालयलाई आर्थिक, भौतिक र शैक्षिक सहयोग गर्नु हुने महानुभावहरु तथा उत्कृष्ट शिक्षक तथा उत्कृष्ट आमा तीन जना अभिभावक तथा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । राष्ट्रिय कलाकार आयुष्मा केसी र स्थानीय कलाकार देवराज बिकको बेजोड प्रस्तुती रहेको कार्यक्रममा सहायक प्रधानाध्यापक अप्सरा बस्नेतले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम शिक्षक सुनिता भट्ट गौतम र बबिता कुमारी शर्माले संचालन गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्