सन्तोष देवकोटा
भरतपुर/नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको प्रथम विस्तारित बैठक शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । संगठनका कार्यवहाक अध्यक्ष छत्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद यादव प्रमुख अतिथि रहनु भएको थियो ।
वैठकले संगठनका जिल्ला उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष छत्र बहादुर खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको छ । नवनिर्वाचित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा झलक कुमार श्रेष्ठ र निमा खड्का, सचिवमा गोविन्द पौडेल, सहसचिवमा रुद्र प्रसाद च्वाई, कोषाध्यक्षमा सन्दिप रेग्मी चयन हुनु भएको छ ।
कार्यक्रममा संगठनका केन्द्रिय सचिव, हरिलाल विक, प्रदेश सहइन्चार्ज चन्द्र प्रकाश रोकाय, केन्द्रिय सचिवालय सदस्य सुरेश चपाई, केन्द्रिय सदस्य एवं चितवन जिल्ला इन्चार्ज मिन बहादुर खड्का, केन्द्रिय सदस्य सुन्दर वस्नेत लगायत अतिथि रहनु भएको थियो ।


प्रतिकृया दिनुहोस्