भरतपुर/पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर–१० र गुल्मी चितवन मैत्री समाज चितवन बीच स्वास्थ्य परिक्षण तथा उपचार गर्दा २५ प्रतिशत सम्म छुट सुबिधा दिने गरि सम्झौता सम्पन्न भएको छ । हस्पिटलक प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक बिभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी केदार प्रसाद सुबेदी, नर्सिंङ प्रमुख कविता खराल तथा गुल्मी चितवन मैत्री समाज चितवनका अध्यक्ष बिक्रम सापकोटा, वरिष्ठ उपाध्यक्ष मोहन पन्थी, सचिब गंगाधर खराल, सदस्य के.पि भण्डारी , स्वयम्भू सापकोटा , मदन प्रसाद खराल , कमला भण्डारी पाण्डे , राधा भुसाल भण्डारी, शेषकान्त खराल लगायतको सहभागिता रहेको थियोे । सम्झौता आदान प्रदान कार्यक्रममा अस्पतालको समग्र सेवा सुबिधा र जनता संग अस्पताल, आरोग्य प्याकेजको बारेमा सामाजिक सेवा प्रमुख केदार सुबेदीले र गुल्मि चितवन मैत्री समाजको समग्र रुपमा अध्यक्ष बिक्रम सापकोटाले बताउनु भयो । स्वास्थ्य क्षेत्रको राजधानी मानिने चितवनमा स्वास्थ्य क्षेत्रमा एउटा आसलाग्दो,भरपर्दो, सुबिधा सम्पन्न अस्पतालको यस्तो अनुकरणीय सामाजिक कामको सबैले प्रसंशा गर्दै सुबिधा लिन प्रोत्साहन गर्नु पर्ने बोर्ड सदस्य तेज नारायण खरेलले बताउनु भयो । सम्झौता मंगलबारैका दिन देखि लागु हुने छ ।


प्रतिकृया दिनुहोस्