भरतपुर/उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुलाई उचित परामर्श र आवश्यक भिजा प्रक्रियामा सहयोग गर्दै आएको शैक्षिक परामर्श व्यवसाय सस्था निप्पान एजुकेशनल सेन्टरले १५ वर्ष पुरा गरि १६ वर्षमा प्रवेश गरेको छ । सस्थाको केन्द्रिय कार्यालय शहिदचोक नारायणगढमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाईएको छ । सेन्टरका शिक्षक, विद्यार्थी एवं कर्मचारीहरुको सहभागितामा केक काटेर आपसमा खुसि साँटासाँट गरि वार्षिकोत्सव मनाइएको हो ।
वैदेशिक उच्च शिक्षाको लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई आवश्यक परामर्श र भिजा प्रक्रियामा सहयोग गर्ने उदेश्यले विसं २०६७ भाद्र ११ गते चितवनमा निप्पोन एजुकेशनल सेन्टरको स्थापना भएको सस्थाका प्रवन्ध निर्देशक दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
वैदेशिक उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएका कारण पछिल्लो समय निपोन एजुकेशनल सेन्टर प्रति आम विद्यार्थी एवं अभिभावकको आकर्षण वढेको छ । जापानिज भाषा, तालिम र परामर्श दिने यस संस्थाको मुख्य कार्यालय शहिदचोक नारायणगढमा रहेको छ । स्थापनाकाल देखी जापानिज भाषा पढाउने, परामर्श दिने, विद्यार्थीलाई जापान पठाउने, जापानको संस्कृती बारे जानकारी गराउने, जापानको नियम कानुन बारे विद्यार्थीहरुलाई परामर्श दिने सस्थाको मुख्य उदेश्य रहेको प्रवन्ध निर्देशक भट्टराईले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस्