बीरगन्ज/भारत सरकारबाट नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता (आइतबार) १ मार्च २०२६ को दिन बीरगंजमा आयोजित एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । भारतको महावाणिज्य दूतावास बीरगंज (नेपाल)का महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।
नेपालमा आगामी चुनावको तयारीका लागि नेपाल सरकारद्वारा निवेदन गरिए अनुसार नेपाल सरकारलाई उपहार स्वरूप दिइएको सहयोगको चौथो किस्तामा ३० वटा एक टन ट्रक र अन्य सामग्रीहरू समावेश छन् । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाललाई समयमै निर्वाचन सम्बन्धी सहायता प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो ।
भारत सरकारबाट ५८० भन्दा बढी सवारी साधन र अन्य सामग्रीहरू निर्वाचन सम्बन्धी सहायताको पहिलो तीन किस्ताहरू पहिले नै नेपाललाई हस्तान्तरण भइसकेका छन् । भारतीय पक्षबाट जारी सहयोग र समर्थनले दुवै देशहरू बीच रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ । यो भारत र नेपालको जनता बीचको गहिरो पारस्परिक विश्वास र मित्रताको पनि प्रतीक हो ।


प्रतिकृया दिनुहोस्