भरतपुर/भरतपुर १ स्थित मिलनरोड टोल विकास संस्थाको नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान तथा वित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष चित्र बहादुर विश्वकर्मा खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा माँ मनकामना साकोसका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, वडासदस्य जनप्रतिनिधि राममायाँ पिया विशेष अतिथि रहनु भएको थियो भने सुनचाँदी साकोसका अध्यक्ष रुविन रामुदामु, हंकङबजार टोल विकास सस्थाका अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा, निवर्तमान युवा अध्यक्ष शंकरलाल श्रेष्ठ, गंगोत्री मार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द कँडेल, भिमसेन टोल विकास संस्थाका अध्यक्ष शुष्मा पियालगायत विभिन्न सस्थाका प्रतिनिधिहरु अतिथि रहनु भएको थियो । मिलनरोड टोल विकास संस्थाका सचिव दिनेश पियाले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष निलेनमान शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्