भरतपुर/नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आयोजनामा शनिबार नारायणगढ स्थित मञ्चको कार्यालयमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । मञ्चले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको हो ।
मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव एवं क्यालेण्डर प्रकाशन समितिका संयोजक हरि भट्टले संचालन गर्नु भएको थियो । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष जनकलाल कट्टेल, पुर्व अध्यक्ष एवं सल्लाहकार दुर्गा प्रसाद गौतम, पवित्रा जोशी, हरि शर्मा पौडेल, सल्लाहकार इमान्दु बराल, शिवराज गिरी, गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्ष वुद्धिसागर सापकोटा, उपाध्यक्ष अनिषा शाक्य, कोषाध्यक्ष रामचन्द्र अधिकारी, सहकोषाध्यक्ष सन्तोष देवकोटा, निवर्तमान कोषाध्यक्ष नेत्र प्रसाद शर्मा, कार्यसमिति सदस्यहरु रमेशचन्द्र सदाशंकर, अनिता न्यौपाने, कमला पोखरेल, रजीत अर्याल लगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्