भरतपुर/पेन्टस् जगतमा स्थापित राजदूत पेन्टस्को आयोजनामा सोमबार भरतपुरमा पेन्टर भेटघाट तथा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । पेन्टस् जगतको मुख्य खम्वाको रुपमा परिचित पेन्टरहरुलाई पेन्टस्को वारेमा जानकरी दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
पेन्टरलाई पेन्टस्को गुणस्तर, ग्यारेन्टी, स्किम लगायतका विषयमा जानकारी गराएर उनिहरुलाई दक्ष बनाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको छ । राजदूत पेन्टस्का संचालक कृष्ण खनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेन्टस्का सेल्स एण्ड मार्केटिङ डाइरेक्टर सुजनबाबु लोहनी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा पेन्टस्का संचालक राम कुँवर, म्यानेजर नारायण केसी लगायत पेन्टस्का सप्लायर्स तथा डिलर संचालक र पेन्टरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत पेन्टस्का सेल्स एण्ड मार्केटिङ डाइरेक्टर सुजनबाबु लोहनीले राजदूत पेन्टस्को गुणस्तर, पेन्टरहरुलाई प्राप्त हुने सेवा सुविधा तथा स्किम लगायतको विषयमा जानकारी दिनु भएको थियो । राजदूत पेन्टस् गुणस्तरीय पेन्टस् भएको जानकारी दिँदै पेन्टरहरुलाई राजदूत पेन्टस् नै सिफारिस गर्न आग्रह गर्नु भयो ।


प्रतिकृया दिनुहोस्