सन्तोष देवकोटा
भरतपुर/श्रम तथा रोजगार कार्यालय हेटौडा मकवानपुरको आयोजनामा बुधबार भरतपुरमा एक दिने सामाजिक सुरक्षा र श्रम अडिट सम्बन्धि रोजगारदाता माझ सचेतना कार्यक्रम सम्पन्न भएको छ । चितवनको एक स्थापित युवा उद्योगी व्यवसायीहरुको सस्था इजीखोज बिजनेश ग्रुपमा आवद्ध उद्योगी तथा व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोष र श्रम अडिटको विषयमा तालिम दिईएको हो ।
सामाजिक सुरक्षा शाखा कार्यालय सिमराका लेखा अधिकृत सुमन कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा इजी खोज विजनेस ग्रुप चितवन जिल्ला समितिका अध्यक्ष हरिराज पोख्रेल प्रमुख अतिथि रहनु भएको थियो ।
श्रम तथा रोजगार कार्यालय हेटौडा मकवानपुरका नासु अनित कुमार रसाईलीले श्रम अडिट र सामाजिक सुरक्षा शाखा कार्यालय सिमराका लेखा अधिकृत सुमन कुमार गुप्ताले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराउनु भएको थियो । इजिखोज विजनेश ग्रुप चितवन जिल्ला समितिका सहसचिव पुजन कोइरालाको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रम श्रम तथा रोजगार कार्यालय हेटौडा मकवानपुरका कर्मचारी शर्मिला राईले संचालन गर्नु भएको थियो । तालिममा इजीखोज बिजनेश ग्रुपमा आवद्ध करिव ४० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्