९ आश्विन २०८३, शुक्रबार १८:५१
भरतपुर/नेपाल फार्मेसी संघ, जिल्ला शाखा चितवनको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले ओमकार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा प्रभात पौडेल, सचिवमा जीवन पौडेल, कोषाध्यक्षमा रूपा गुरुङ, सदस्यहरुमा नवराज छत्कुली, सुनी पटेल, सोनु कर्ण, अर्जुन गैरे, संगित कुमार कुस्वाह निर्विरोध निर्वाचित हुनु भएको छ । फार्मेसी पेशाको हकहित, पेशागत सम्मान र फार्मासिस्ट एकतालाई अझ मजबुत बनाउँदै सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष सापकोटाले प्रतिवद्धता जनाउनु भयो ।


प्रतिकृया दिनुहोस्