३० आश्विन २०८३, शुक्रबार १८:४७
भरतपुर/भरतपुर ०१, बालकुमारी रोड चितवनमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शुक्रबार भरतपुर ११, स्थित धावन रिक्रीयशनमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण कुमार तामाङको सभापतित्वमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले आगामी २०८३/२०८७ को लागी नयाँ कार्य समिति समेत चयन गरेको छ ।
नव गठित सञ्चालक समितिको अध्यक्षमा विक्रम गुरुङ, उपाध्यक्षमा उजिर सिंह थापा, सचिवमा चेत बहादुर श्रेष्ठ, कोषाध्यक्षमा उर्मिला गौतम, सञ्चालक समिति सदस्यहरूमा प्रभु थापा मगर, राखी गुरुङ, मोतीराम चौधरी तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा चम्पा तामाङ, लेखा सुपरीवेक्षण समिति सदस्यहरूमा शशिकला परियार र देवी कुमाल निर्विरोध निर्वाचित हुनु भएको छ ।


प्रतिकृया दिनुहोस्