१८ जेष्ठ २०८२, शनिबार १७:१७
भरतपुर/राष्ट्र बैंकका नवनियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसंग नेपाल सुनचाँदी व्यवसायी महासंघको टोलीले शुक्रवार भेटवार्ता गरेको छ । महासंघका का.वा. अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरेको छ । टोलीमा महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर वज्राचार्य,तृतीय उपाध्यक्ष रूपदल विश्वकर्मा (राजु धमला), महासचिव किरणभाई वज्रचार्य, महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठ, महानिर्देशक शिव दुवाडीको उपस्थिति रहेको थियो । वजेटमा सुन व्यवसायीलाई लगाईएको दुई प्रतिशत विलासिता करको विषयमा कुराकानी भएको र छलफल सकारात्मक भएको वताईएको छ । सो टोलीमा चितवनबाट जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क र सल्लाहकार शम्सेर घामल्लेको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्