भरतपुर/माध्यामिक विद्यालय गंगानगरको व्यवस्थापकीय सहयोग एबं नारी अभ्युदय केन्द्र नारायणगढको आर्थिक सहयोगमा निःशुल्क एक दिने आँखा शिविरको सम्पन्न भएको छ । कार्यक्रममा सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ भरतपुर साथै माध्यामिक विद्ययालय गाङ्गानगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदी प्रमुख अतिथि रहनु भएको थियो । नारी अभ्युदय केन्द्र नारायणगढकी अध्यक्ष भवानी पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन केन्द्रकी उपाध्यक्ष विष्णु रायमाझीले गर्नु भएको थियो ।
स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद सुवेदीले गर्नुभएको उक्त कार्यक्रममा नेपाल नेत्र ज्योति संघ भरतपुरका बरिष्ट नेत्र साहयक सुबाश सापकोटाले नेत्र परीक्षण गर्नुभएको थियो । १६० जना अभिभावकहरुले सेवा लिनु भएको थियो भने २० जना गम्भीर प्रकारका आँखा रोगीहरुको निःशुल्क शल्यक्रियाको लागि अस्पताल पठाइएको थियो ।


प्रतिकृया दिनुहोस्