भरतपुर/गण्डकी बहुउद्देश्यीय सहकारी संस्था लि. भरतपुर –१, लायन्सचोक, चितवनले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले २०८३ असोज ९ गते चितवन उद्योग वाणिज्य संघको सभाहलमा संस्थाका अध्यक्ष मणीभद्र कडेलको अध्यक्षतामा साधारण सभाको कार्यक्रम सम्पन्न गरेको हो । उक्त साधारणसभाले छलफलका लागि पेश भएका सवै प्रस्तावहरु पारित गरेको छ भने रिक्त रहेको लेखा सूपरिवेक्षण समितिको सदस्य पदमा शेयर सदस्य भिम पाण्डेलाई निर्वाचित गरेको छ ।
निर्वाचन कार्य सहज रुपमा सम्पन्न भएको र सहज रुपले सम्पन्न गर्न निर्वाचन समिति सदस्यहरु सुमन कुमार श्रेष्ठ र दिनेश राज रेग्मीको महत्वपूर्ण भूमिका रहेको निर्वाचन समिति संयोजक टिकाराम कडेलले बताउनु भयो । यस पाँचौ वार्षिक साधारण सभामा संस्थापक अध्यक्ष शंकर नेपाल, जिल्ला सहकारी संघ चितवनका संचालक बालकुमार श्रेष्ठ, भरतपुर वडा नं. २ का वडा सदस्य बलराम सिटौलाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
उक्त पाँचौ वार्षिक साधारण सभाको अवसरमा संस्थासंग उत्कृष्ट कारोबार गर्ने ६ जना सदस्यहरु सम्मानित भएका छन् भने साधारणसभाको कार्यक्रममा सहभागी सदस्यहरुलाई पुष्पाञ्जली हस्पिटल प्रा. लि. का स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । साधारणसभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई संस्थाका उपाध्यक्ष नारायण मल्लले स्वागत मन्तव्य राख्नु भएको थियो साथै प्रवन्धक श्यामबन्धु पोखरेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।


प्रतिकृया दिनुहोस्